काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अदालत र निर्वाचनमा सेटिङ भइसक्याछ भन्नुको अर्थ के हो?’ भनि प्रधानमन्त्री ओलिलाई प्रश्न गरेका छन । ‘ओलीले अदालत र निर्वाचन आयोगमा सेटिङ भइसक्या छ भन्ने चर्चा सुन्छु। त्यो सेटिङ के हो?’ उनले भने, ‘म अहिले आयोग र अदालतलाई केही भन्दिनँ। मलाई पूर्ण रुपमा विश्वास छ।’
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई ऐना हेर्न पनि सुझाव दिए। भने, ‘तपाईंले आफ्नो अनुहार ऐनामा किन हेनुहुन्न?’ प्रचण्डले आफू यद्धको कमाण्डर भएको भन्दै कठोर हुनुपर्ने समय आए प्रतिगमनकारीलाई भित्तामा पुर्याइदिने चेतावनी दिएका छन्।
ओलीले वैशाखमा पनि अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेका र असारमा पनि एमाले दर्ता गराएर नेकपा फुटाउन खोजेका उनको आरोप थियो। भने, ‘निर्वाचन आयोगमा आफ्नो निर्देशनमा एमाले दर्ता गराउनुभयो। डाँडाको बीचको भएको सूर्य चिह्न भयो। मैले कार्यदल बनाएर पार्टी फुटाउन दिइनँ।’
ओलीले पटक पटकको प्रयासपछि पार्टीमा संकट ल्याएका पनि उनको आरोप थियो। ‘पहिलो र दोस्रो पटकको प्रयासलाई असफल बनायौँ। तर, तेस्रो पटकमा उहाँले पार्टीमा यो संकट ल्याउनुभयो’, उनले भने, ‘पार्टीको बैठकमा पनि नआउने, पार्टीको कुनै निर्णय पनि नमान्ने भएपछि संकट निम्तियो।’
बैठकको लागि लिखित रुपमा बहुमतको सदस्यले माग गर्दा पनि आफूलाई लक्षित गरेर आरोप पत्र प्रहार गरेको प्रचण्डले जिकिर गरे। ओली विदेशी शक्तिसँग लागेर खोक्रो राष्ट्रवाद देखिएको बताए।
‘तपाईंको खोक्रो राष्ट्रवाद सावित भयो। तपाईंलाई काम गर्न कसले रोकेको थियो?’ उनले भने, ‘हामी सबै प्रधानमन्त्री भएर भयौँ। तर, छाड्दा पार्टी फुटाउन परेन।’
उनले थपे, ‘उहाँले मलाई पूर्व एमालेभित्र खेल्यो भन्नुहुन्छ। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पूर्वएमालेकै बहुमत छ। तर, त्यस्तो हुँदा किन तपाई अल्पमतमा पर्नुभयो? तपाई मलाई आरोप लगाइराख्नुभएको छ। आफ्नो अनुहार ऐनामा किन हेर्नुहुन्न?’
आफ्नै अहंकार र दम्भका कारण पाटीभित्र उनी अल्पमतमा परेका प्रचण्डको दाबी थियो। ‘उहाँले माघको केन्द्रीय कमिटीबाट आत्तिएर मलाई ध्वस्त पार्ने अभियानमा लाग्नुभयो। प्रचण्डलाई अध्यक्ष मान्दिनँ कुर्सी पनि दिन्न भनेर मेरो कुर्सी पनि हटाइदिनुभएछ’, उनले भने, ‘ओली ‘कु’ पात्रको रुपमा आफैं परिचित भइसक्नुभयो। संसद भंग गरेपछि ओलीको सबै सकिसक्यो। उहाँको हातमा केही छैन।’
आफू फकाउन भावुक हुने मान्छे र जनयुद्धको कमाण्डर भएको स्मरण गराउँदै उनले फकाउँदा फकिन र भावुक हुने बताए।
‘उहाँले माधव नेपाललाई हेपेर अपमानित गरेर गल्ती गरिसक्नुभयो। अर्को कुरा प्रचण्डलाई आफ्नो पक्षमा ल्याएर जे गर्न सक्छु भन्नु तपाईंको भूल भयो’, उनले भने, ‘ओलीको दिन अब सकिसकेको छ। त्यो कदमलाई परास्त गर्न एकपटक सबै एकजुट भएर लाग्नुपर्छ।’