सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई  लाभाई रेस्टुरेन्टबीच सम्झौता, कार्डबाट भुक्तानी गर्दा १०% छुट

मंगलबार, माघ ६ २०७७

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाभाई रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले लाभाई  रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाउनुहुनेछ । 

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख श्री अमर राजभण्डारीज्यू र लाभाई  रेस्टुरेन्टका प्रमुख श्री सुदर्शन पौडेलज्यूूले हस्ताक्षर गरे । 

बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।