बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

झडपमा परी तथा ढुङ्गा प्रहारबाट ४ जना घाइते

मंगलबार, माघ ६ २०७७

रुकुम (पश्चिम) । आठबिसकोट नगरपालिका ९ राडी बजारमाराजनैतिक पूर्व रिसईवीको कारण दुई पक्षबीच भएको झडपमा सोही वडाका अध्यक्ष तारकबहादुर शाही समेत चार जना घाइते भएका छन् । 

नेपाली कांग्रेस र नेकपा (प्रचण्ड र माधव समूह) का कार्यकर्ताबीच सोमबार साँझ पूर्व रिसईवीको कारण झै झगडा भएको विषयलाई लिएर मंगलबार बिहान दुवैपक्षबीच झडप हुँदा वडाध्यक्ष शाही र भीड नियन्त्रण गर्नेक्रममा भीडले ढुङ्गा प्रहार गर्दा ३ जना प्रहरी कर्मचारीहरू घाइते भएका हुन् ।

उनीहरूको अवस्था सामान्य रहेको छ । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लगायतका प्रहरी युनिट र सशस्त्र प्रहरी बल समेतबाट थप सुरक्षाकर्मीको टोली उक्त स्थानमा खटिई गई स्थितिलाई नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।

घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धानको पहल समेत भइरहेको छ ।