बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मोटरसाइकल आउट राईडर्स तालिम सुरु

मंगलबार, माघ ६ २०७७

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा संचालित २०औं समूहको मोटरसाइकल आउटराईडर्स तालिम प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा मंगलबारबाट सुरु भएको छ ।

सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले तालिम उद्घोटन गर्दैनयाँ प्रविधिको बारेमा प्रशिक्षार्थीलाई जानकारी दिलाई अझ योग्य र दक्ष चालक उत्पादन गर्न तालिमले सहयोग पुर्याउने बताए । 

सो अवसरमा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक कमलेन्द्रलाल कर्णले ३५ दिन कार्यवधिको तालिममा प्रहरी सहायक निरीक्षक १, प्रहरी हवल्दार १ र प्रहरी जवान २६ जना गरी जम्मा २८ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए ।