बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बाल विवाह गराएको अभियोगमा ४ जना पक्राउ  

मंगलबार, माघ ६ २०७७

सप्तरी । हनुमाननगर कंकालिनि नगरपालिका १४ रामपुरमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका ३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् । 

उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।