काठमाडौं । महामारीका कारण बैंक तथा वित्त सस्थाले लगानी गर्न सकेनन् । कर्जा लगानी नहुने तर बैंकमा निक्षेप थुप्र्रिर्एपछि उनिहरुको आम्दानीमा गिरावट आयो । यि ठूला कम्पनीहरुको आम्दानीमा गिरावट आएपछि सरकारले लक्ष्य अनुसार यो वर्ष आयकर उठाउन सकेको छैन ।
ठूला व्यवसायिक घराना र बैंक वित्त कम्पनीको आम्दानीमा गिरावट आएको प्रत्यक्ष असर सरकारको राजस्वमा देखिएको छ । उद्योगधन्दा तथा बैंकहरुको आम्दानीमा कमि आएकाले ठूला करदाता कार्यालयले े लक्ष्य अनुरुप राजस्व उठाउन सकेको छैन । जबकी साना कार्यालयहरुले भने लक्ष्यकै हाराहारीमा राजस्व उठाएका छन् ।
स्रोतका अनुसार यो वर्षको पुष मसान्तसम्म ५६ अर्ब ४२ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । तर जम्मा ४१ अर्ब अर्र्थात लक्ष्यको तुलनामा १५ अर्ब कम राजस्व उठेको छ ।
ठूला उद्योगहरु अहिलेसम्म पनि पुर्ण सञ्चालनमा आउन सकेका छैनन् । जसका कारण उनिहरुको आम्दानीमा कमि आएको छ । आम्दानीमा कमि आएसँगै त्यसको प्रत्यक्ष असर सरकारले पाउने आयकरमा परेको छ ।
नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार महामारी अघि जसरी न व्यवसाय सञ्चालनमा आउन सकेको छ नत मजदुरहरुले रोजगारी नै पाउन सकेका छन् । अझै ४६ प्रतिशत उद्योगहरु पुर्ण सञ्चालनमा आउन सकेका छैनन् ।
आन्तरिक राजस्व विभागले पुष मसान्तसम्म ९३ अर्ब ६९ करोड ३१ लाख आयकर उठाउने लक्ष्य लिएको थियो । तर, अहिलेसम्म जम्मा ८२ अर्ब ८९ करोड मात्रै उठेको छ । जबकी गत वर्र्षको यहि अवधिमा ९८ अर्ब ९२ करोड आयकर उठेको थियो । यसरी हेर्दा सरकारले गत वर्षकै हाराहारीमा पनि आयकर उठाउन सकेको छैन ।
सरकारले यो वर्ष ११ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । जसमध्ये अहिलेसम्म ३८ दशमलव नौ पाँच प्रतिशत अर्थात ४ खर्ब ३३ अर्ब उठेको छ । जबकी सरकारले यो समयसम्म ४ खर्ब ७५ अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो ।
ठूला करदाता कार्यालयले लक्ष्य अनुरुप राजस्व उठाउन सकेको छैन । जसले नै बैंक तथा बित्त कम्पनी र ठूला उद्योगधन्दाको आम्दानीमा गिरावट आएको पुष्टि गर्छ ।
स्रोतका अनुसार ठूला करदाता कार्यालयले ५६ अर्ब ४२ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, अहिलेसम्म जम्मा ४१ अर्ब ९५ करोड उठाएको छ। अर्थात ठूला करदाता कार्यालयले लक्ष्य भन्दा १५ अर्ब मात्रै कम राजस्व उठाएको छ ।
गत असारको तुलनामा अहिले उद्योग व्यसायको तलब तथा ज्यालामा हुने खर्चमा भने बृद्धि भएको छ । गत असारमा ६३ दशलमव चार प्रतिशत रहेको यस्तो खर्च अहिले ७० दशमलव ४ प्रतिशत पुगेको छ । यसले उद्योग व्यवसायले कर्मचारीलाई ज्याला तथा तलब भुक्तान गर्ने क्रम बढेको देखाउँछ ।
यसरी खर्च बढेपछि उनिहरुको आम्दानीमा कमि आएको छ । आम्दानीमा कमि आएसँगै यसले आयकर घटाउँछ ।
तर जबर्जस्त रुपमा बढेको उपभोगको कारण सरकारले मूल्यअभिबृद्धि कर भने लक्ष्य भन्दा पनि बढि उठाएको छ । ५१ अर्ब मूल्यअभिबृद्धि कर उठाउने लक्ष्य लिएकामा पुष मसान्तसम्म ५४ अर्ब ७५ करोड उठिसकेको छ । जबकी गत वर्ष सरकारले मूल्यअभिबृद्धि कर ५४ अर्ब २१ करोड उठाउने लक्ष्य राखेकामा ५२ अर्ब ८९ करोड मात्रै उठाएको थियो ।
ब्याजकर पनि सरकारले लक्ष्य अनुरुप नै उठाएको देखिन्छ । ११ अर्ब ५३ करोड उठाउने लक्ष्य लिएकामा अहिलेसम्म ११ अर्ब ८५ करोड उठाएको छ । जबकी गत वर्षको यहि समयमा यस्तो कर १५ अर्ब ९९ करोड उठाउने लक्ष्य लिएकामा ११ अर्ब ३४ करोड मात्रै उठाएको थियो ।
महामारीका कारण बन्द भएका होटलहरु खुलेपनि अहिलेसम्म राम्रोसँग कारोबार हुन सकेको छैन । होटलमा ग्राहक नजादा यसले मदिराको कारोबारमा कमि ल्याएको छ । मदिराबाट भने सरकारले यता अन्त शुल्क उठाउँछ । जनताले मदिरा नखाएको त राम्रो तर यसले यता राजस्वमा भने असर पारेको छ ।
आन्तरिक राजस्व विभागले गत पुष मसान्तसम्म अन्तः शुल्क ४४ अर्ब ५० करोड उठाउने लक्ष्य लिएको थियो । तर अहिलेसम्म जम्मा ३७ अर्ब ७५ करोड मात्रै उठेको छ । जबकी गत वर्ष सरकारले यस्तो कर ३८ अर्ब ४० करोड उठाएको थियो । अन्तः शुल्क असुली लक्ष्यको तुलनामा मात्रै नभई गत वर्षको तुलनामा समेत कमि आएको देखिन्छ ।