काठमाडौं- सरकारले दुई तिहाइ बहुमतको सरकार चाहिएको भन्दै प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस राष्ट्रपतिलाई गरेको पाइएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सिफारिस पत्रमा दुई तिहाइको बहुमतको सरकार चाहिएको भन्दै प्रतिनिधि सभा विघटनको सिफारिस गरिएको उल्लेख छ।
‘सत्तारूढ दलसँग दुई तिहाइ बहुमत नभएको हुँदा संघीय संसदमा एउटै दलको दुई तिहाइ बहुमत र त्यस्तो बहुमतको सरकार आवश्यक भएको’ विषय उल्लेख छ। मन्त्रिपरिषदले गरेको उक्त सिफारिस सर्वोच्च अदालतमा बुझाइएको छ।
सर्वोच्च अदालतबाट प्राप्त विवरणअनुसार मन्त्रिपरिषदबाट राष्ट्रपतिसमक्ष सिफारिस भएको ४ पृष्ठ लामो पत्रमा ८ वटा कारण देखाउँदै प्रतिनिधि सभा विघटन गर्नुपरेको उल्लेख छ। जसमा ७ वटा बुँदा ‘दुई तिहाइको सरकार आवश्यक भएको’ उल्लेख छ। एक बुँदामा ताजा जनादेशसहितको प्रतिनिधि सभा निर्वाचनमा जान आवश्यक रहेको जवाफ सर्वोच्चलाई पठाइएको छ।