बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध लागूऔषध सहित पक्राउ

आइतबार, पुष २६ २०७७

काठमाडौं । झापाको मेचीनगर नगरपालिका १० धुलाबारी चोकबाट सोही ठाउँ बस्ने २३ वर्षीय अनिल सहनीलाई २ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
मोरङको विराटनगर महानगरपालिका १३ स्थित कोशी राजमार्ग जतुवाबाट झापा गौरादह नगरपालिका(८ घर भई दमक नगरपालिका ७ बगैचा टोल बस्ने ३६ वर्षीय किसन अग्रवाललाई ३ ग्राम १६० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतको जोगवनीबाट विराटनगरतर्फ आईरहेको मे.१ च ५८६२ नम्बरको कारलाई जाँचको क्रममा कार चालक किसनले लगाएको  जिन्सको ज्याकेटमा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।