बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एकनाले भरूवा बन्दुक सहित पक्राउ

आइतबार, पुष २६ २०७७

उदयपुर । कटारी नगरपालिका १३ मयाङ्खु बस्ने ४० वर्षीय प्रकाश कुमार राना मगरलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।