बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको अभियोगमा पक्राउ

बिहिबार, पुष २३ २०७७

चन्द्रागीरी नगरपालिका १० गुर्जुधारास्थित यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको अभियोगमा बाँके कोहलपुर नगरपालिका १० घर भएका २४ वर्षीय बाल कृष्ण खत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।         
यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने र बाटो बाटै तानेर आफ्नो सटरतिर लैजाने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरीले खत्रीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।