काठमाडौं । नेपाल राष्ट्र बैंकले २९ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव माग गरेको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुसंग २९ करोड ७८ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्र्रस्ताव माग गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
निक्षेप लगानीको अवधि तीन सय ६६ दिन अर्थात २०७७ माघ एक गते देखि २०७८ पुुस ३० गतेसम्म रहेको छ । निक्षेप लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीह्रुले यही पुुस २४ गते शुुक्रबार अपरान्ह १२ बजेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर आवेदन दिनुुपर्ने छ ।
कुुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि २३ करोड ८३ लाख, बिकास बैंकहरुको लागि चार करोड ४६ लाख र फाईनान्स कम्पननीहरुको लाथि एक करोड ४९ लाख रुपैयाँ छुट्याईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि बैंक सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको, यस बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेका हुुनुुपर्ने लगायतका शर्तहरु तोकिएकाछन ।