काठमाडौं । झापा दमक नगरपालिका ६ बेलडाँगीस्थित सडकबाट सोही नगरपालिका ८ बस्ने २१ वर्षीय बिक्रम लम्जेल र मोरङ रतुवामाई नगरपालिका ८ बस्ने २२ वर्षीय रोशन कुमार मग्रातीलाई २ ग्राम ७ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित ईलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।
सुर्खेत बीरेन्द्रनगर नगरपालिका ९ लाटिकोइलीबाट ४ सय २० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद ४३ हजार ५ सय रुपैयाँ सहित सोही ठाउँ बस्ने २८ वर्षीय राजु बैगारलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । लागू औषधको किनबेच गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले तलासी गर्दा कोठाभित्र लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङ विराटनगर महानगरपालिका १६ हुलास चोकबाट सुन्दरहरैचा नगरपालिका(११ बस्ने ३२ वर्षीय कुशल चौधरीलाई नियन्त्रित लागूऔषध ६ एम्पुल लुपिजेसिक, ६ एम्पुल एभिल, ६ एम्पुल डाईजेलाब र ६ एम्पुल फेनारगन सहित लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ । साथै सोही चोकबाट पथरी शनिश्चरे नगरपालिका २ बस्ने २४ वर्षीय अनिल कुमार राईलाई नियन्त्रित लागूऔषध ८ एम्पुल लुपिजेसिक, ८ एम्पुल एभिल, ८ एम्पुल डाईजेल्याव र ८ एम्पुल फेनारगन सहित ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।
यसैगरी मोरङ, सुनबर्सी नगरपालिका(८ हर्सनगडी चोकबाट पथरी शनिश्चरे नगरपालिका १ बस्ने २८ वर्षीय अनिश नेपालीलाई नियन्त्रित लागूऔषध २३ ट्याब्लेट नाईट्राभेट, ६ एम्पुल आईपीपीएल, ६ एम्पुल डाईजेल्याब, ६ एम्पुल फेनारगन र ६ एम्पुल एभिल सहित प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।