सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जन उपलब्धि रक्षाका लागि संसद् विघटन स् मन्त्री रायमाझी

शुक्रबार, पुष १७ २०७७

ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जन उपलब्धि रक्षाका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कास्कीद्वारा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै उहाँले जनताको लामो समयदेखिको संघर्षको उपलब्धिलाई रक्षा गर्नका लागि प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको उल्लेख गर्नुभयो । ओली नेतृत्वको सरकारले देशका विभिन्न समस्या समाधान गर्दै अघि बढेको बताउँदै उहाँले कोरोना रोकथाम र नियन्त्रणमा पनि सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासको गति बढेको देख्न नचाहनेले सरकार र पार्टीलाई विभिन्न तबरबाट दुःख दिएको उल्लेख गर्नुभयो । जनप्रतिनिधिलाई पार्टीमा सङ्गठित भएर लाग्न निर्देशन दिँदै उहाँले उपलब्धिको रक्षा र समृद्धिको यात्रालाई निरन्तरता दिन नयाँ जनादेशमा जानुपरेको बताउनुभयो । 

पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले ओली नेतृत्वको सरकारले गरेका विकास निर्माण लगायतका कामबाट अत्तालिएर पार्टी तथा सरकार भित्र किचलो पारिएको सुनाउनुभयो । पूर्वमन्त्री खगराज अधिकारीले राष्ट्रियताको पहरेदार एवं समृद्धिको अभियन्ता प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नभएको भनेर संसद् विघटन गरेको बताउनुभयो । 

विघटित प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले नेकपालाई जनताले विश्वास र भरोसा गरेको बताउँदै सरकारलाई पार्टीभित्रैबाट असहयोग गरेको बताउनुभयो । पार्टी केन्द्रीय सदस्य एवं कास्कीका अध्यक्ष कृष्ण थापालगायतले निर्वाचनका लागि आ–आफ्नो क्षेत्रमा सङ्गठित भएर लाग्न अनुरोध गर्नुभयो । रुपा गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई टिका र खादालगायर स्वागत गरिएको थियो ।