बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

९ वर्षीया बालिकालाई जबरजस्ती करणी

शुक्रबार, पुष १७ २०७७

ललितपुर । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका ३ इमाडोल बोझेपोखरी डेरा गरी बस्ने झापा भद्रपुर नगरपालिका २ घर भएका ४२ वर्षीय हर्क बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हर्क बहादुरले ती बालिकालाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग टिकाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।