बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गौतम राष्ट्रिय सभा बैठकमा सहभागी हुने

शुक्रबार, पुष १७ २०७७

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम शुक्रबारको राष्ट्रिय सभा बैठकमा सहभागी हुने भएका छन्।

शुक्रबार अपराह्न ४ बजेका लागि सभाको बैठक आह्वान गरिएको छ।

उहाँ बैठकमा सहभागी हुनुहुनेछु, गौतमका स्वकीय सचिव दीपक टमाटाले नेपाल लाइभसँग भने।

२०४८ पछिका ६ वटा आमचुनावमध्ये गौतम तीनमा विजयी र तीनमा पराजित भएका छन्।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा पराजित भएका गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए।

गौतमले असोज १ गते राष्ट्रिय सभा सदस्यको रुपमा सपथ लिएका थिए।