सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बर्तमान सरकार सबैतिर असफल: महामन्त्री कोइराला

बिहिबार, पुष १६ २०७७

कांग्रेस महामन्त्री डा .शशाङ्क कोइरालाले बर्तमान सरकार  सबैतिर असफल भइसकेको भइसकेको बताएका छन ।कपिलबस्तु कांग्रेसले आज जिल्लामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन ।

संसद विघटन गर्ने सरकारको निर्णय असंवैधानिक भएको भन्दै माहामन्त्री कोइरालाले यो निर्णयले नेपालमा राजनितिक अस्थिरता समेत निम्त्याउन सक्ने धारणा राखे  ।  हिजो १० वर्ष द्धन्द भोगेर आएको मुलुकलाई फेरि अस्थिरतामा धकेल्ने प्रयास भएको भन्दै उनले सरकार र नेकपाको कडा आलोचना गरे ।कोइरालाले  ओलि सरकारले चुनाब गराउन सक्नेमा आशङ्का ब्यक्त गर्दै चुनाब भएमा नेपाली कांग्रेस चुनाबबाट नभाग्ने समेत स्पस्ट पारे ।

उनले बिपी कोइरालाको मेलमिलापको नितीको सान्दर्भिकता अझै नघटेको दाबी गरे । 

कार्यक्रम कांग्रेस कपिलबस्तुका सभापती सुरेन्द्र राज आचार्यको सभापतित्वमा भएको थियो भने कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डा . मिनेन्द्र रिजाल,दिपक गिरि,गुरुराज घिमिरे,कांग्रेस नेताहरु दिप कुमार उपाध्याय ,अत्तर कमाल्,अभिषेक प्रताप शाह लगायतले आ-आफ्नो धाराणा राखेका थिए ।