काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको र कस्ले दिएको बताएका छन् ।
बिहिबार चार राजनीतिक दलमा आवद्ध महिला संगठनले ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्र बुझ्ने क्रममा सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।
उनले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको बताएका हुन् ।
उनले समग्र परिस्थितिमा कसरी भूमिका खेल्न सक्ने र जनताको अधिकतम हितको लागि कस्तो भूमिका खेल्नुपर्छ भनेर आफुले व्यापक परामर्श गरिरहेको बताए ।
उनले संविधानको रक्षा र जनताको हितमा म सँधै समर्पित रहने बताए ।
