काठमाडौं, पुुस १६
काठमाडौं महानगरपालिका ७ चाबहिलस्थित एवान क्याफे नजिकबाट सन्घुस बचत तथा ऋण सहकारी संस्थाको बजार संकलकको साथबाट नगद २ लाख रुपैयाँ बुधबार दिउँसो लुटपाट भएको छ ।
बा.४ प २९५६ नम्बरको स्कुटरमा आएका २ जना अपरिचित व्यक्तिहरुले उक्त नगद लुटपाट गरी फरार भएको खबर प्राप्त हुनासाथ अनुसन्धानमा खटिएको प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।