काठमाडौं,
मकवानपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलास गाउँपालिका(३ गिन्ती बस्ने ३२ वर्षीय सुरेन मोक्तानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको अवस्थामा ती किशोरीलाई सुरेनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सुनसरीमा पनि १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवानगंज गाउँपालिका(२ बस्ने १७ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।