काठमाडौं, पुुस १६
काठमाडौंको चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट करिब ७ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने धुलो सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर टिस्टुङ गाउँपालिका(७ बस्ने २३ वर्षीय सुनिल तामाङ र सिन्धुली घर भई धादिङ बैरेनी बस्ने १६ वर्षीय किशोर रहेका छन् । पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ५१८६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार उनीहरुलाई झोलामा लुकाई ल्याएको उक्त धुलो सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका १२ सिजीगेट अगाडिबाट नियन्त्रित लागूऔषध २२ पीस नाइट्राभेट र १ थान खुकुरी सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाँके नेपालगंज उपमहानगरपालिका(८ घर भएका २८ वर्षीय कृपाराम चमार र काभ्रे नमोबुद्द नगरपालिका(१ घर भएका २५ वर्षीय आकाश तामाङ रहेका छन् । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका १४ बल्खुबाट नियन्त्रित लागूऔषध १९ थान फेनारगन, १९ थान नुर्फिन र १९ थान डाइजेपाम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका(१० घर भएका २५ वर्षीय निरज परियार र रौतहट थमुनामाई गाउँपालिका(५ घर भएका २१ वर्षीय रवि यादव रहेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
रुपन्देहीको गैडहवा गाउँपालिका ८ मैनियाबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २८ वर्षीय बिनोद कुवँरलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।