बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोठाको ताल्चा फुटाई विभिन्न धनमाल चोरी

बुधबार, पुष १५ २०७७

काठमाडौं, पुुस १५
काठमाडौं, तारकेश्वर नगरपालिका ११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका ३ घर भएका २५ वर्षीय रबिनकुमार लामाको कोठाबाट ताल्चा फुटाई ३ तोला सुन र नगद ५० हजार रुपैयाँ मंगलबार राति चोरी भएको छ । 
यसैगरी काठमाडौं महानगरपालिका १५ अजिमा हल नजिक डेरा गरी बस्ने खोटाङ घर भएकी ३० वर्षीया भुमिका थापा मगर र तनहुँ व्यास नगरपालिका(११ घर भएकी २३ वर्षीया मनिषा गुरुङको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई सुनका विभिन्न गहना र नगद ६५ हजार रूपैयाँ गरी करिब २ लाख १० हजार रूपैयाँ मूल्य बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ । 
यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका ५ थापाचोक बस्ने पवन सुनुवारको घरबाट कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई करिब २ लाख १९ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहनाहरु मंगलबार बेलुका चोरी भएको छ । 
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।