बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद  

मंगलबार, पुष १४ २०७७

काठमाडौं, पुुस १४ । नवलपरासी (पश्चिम), सरावल गाउँपालिका २ मनरी खोलाबाट १ थान भरुवा बन्दुक सहित सोही गाउँपालिका १ बासा बस्ने ४० वर्षीय राम समुझ भरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

अबैधरुपमा भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी चौकी बासाबाट खटिएको उनलाई पक्राउ गरेको हो । 

बागलुङ, गलकोट नगरपालिका १ भण्डार सामुदायिक बन लगायतका स्थानबाट बेवारिसे अवस्थामा रहेका १२ थान भरूवा बन्दुक  र १ थान बन्दुक बनाउन प्रयोग हुने फलामको नाल प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बरेङ, ईलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी नरेठाटीबाट खटिएको प्रहरीले पुस ७ गतेदेखि १३ गतेसम्म उक्त हतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।