बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पश्चिम नेपालमा भूकम्प धक्का

मंगलबार, मंसिर ३ २०७६

काठमाडौं मंसिर, ३– मंगलबार साँझ  नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। पश्चिम नेपालको प्रदेश नम्बर ५ का केही जिल्ला तथा  सुदूर र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको हो। साँझ सवा ७ बजे ठूलो भूकम्पको धक्का महसुस भएको हो । अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीसम्म भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्रका अनुसार  बझाङको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको  हो ।