बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गोठडाँडा जङगलमा सिकार खेल्न गएका व्यक्तिको गोलीको छर्रा लागी मृत्यु

बुधबार, कार्तिक २७ २०७६

काठमाडौं,कार्तिक २७ –

सिकार खेल्न गएका व्यक्तिको गोलीको छर्रा लागी मृत्यु

उदयपुर–कटारी नगरपालिका– ११ गोठडाँडा जङगलमा सिकार खेल्ने क्रममा मंगलबार दिउँसो पड्काएको भरूवा बन्दुकको छर्रा लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटारी नगरपालिका–११ गोठडाँडाका ४९ वर्षीय शंकर राउत छन् ।

शंकर गोठडाँडाका ४५ वर्षीय अमृत बहादुर राउत र ३८ वर्षीय हरि भन्ने चक्र बहादुर बस्नेतसँग सिकार जंगल गएका थिए ।

सिकार खेल्न गएकामध्ये अमृत बहादुरले भरूवा बन्दुक पडकाउँदा छर्रा लागेर शंकरको मृत्यु भएको हो ।

सिकार खेल्ने क्रममा संगै रहेका चक्र बहादुर बस्नेतलाई पक्राउ गरी हाल फरार अमृत बहादुरको प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ ।