बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आफ्नो संरचना संघीय स्वरुपअनुसार रुपान्तरण गर्दै विद्युत् प्राधिकरण

मंगलबार, कार्तिक २६ २०७६

काठमाडौं कात्तिक, २६– संघीय संरचनामा मुलुक गएसँगै नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना संघीय स्वरुपअनुसार रुपान्तरण गर्न थालेको छ । 

यसको प्रारम्भिक कार्यका रुपमा प्राधिकरणले आफ्नो विवरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रहरुलाई नयाँ गठित प्रादेशिक कार्यालयभित्र समेटिएको छ ।

नवगठित प्रादेशिक कार्यालयहरुले मूलतः विद्युत् वितरणको काम गर्ने र तिनलाई कम्पनीको मोडलमा लैजाने योजना प्राधिकरणको हो । 

यसअघि विद्युत् उत्पादनलाई कम्पनी मोडलमा लगिसकेको छ । यो समाचार आजको आर्थिक अभियानमा छ ।