बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

तीन लाखभन्दा बढि सामानहरुमा छूटका साथ दराज

बुधबार, कार्तिक २० २०७६

काठमाडौ, कात्तिक २० । नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एक दिनको सेल ) यही कार्तिक २५ गते, नोभेम्बर ११ को मध्यरात बाट सुरु हुने घोषणा गरेको छ ।

  नोभेम्बर ११ को दिन चीनमा सिंगल्स डे भनेर त्यस दिन एकलतालाई मनाइन्थ्यो तर अलिबबा ले २००९ मा आफ्नो शपिङ प्लेटफर्म टी मलमाभारि छुट दिने भनेर ११.११ को आयोजना गरेदेखि सबै बदलियो । यो मेगा सेल अहिले विश्वव्यापीरुपमा एक मनोरन्जनात्मक सेल डे को रुपमा अलिबाबा सँग सम्बधित सबै देशहरु तथा दराजले व्यापार गर्ने देशहरुमा आयोजना हुने गर्दछ ।

फलस्वरूप अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा ११.११ आयोजित गरेको थियो जसले नेपालको अनलाइन क्षेत्रमा ठूलो प्रभाव पा¥यो ।

उक्तदिनमा दराजले साधारण दिनभन्दा ८० गुना बढि व्यापार देखेको थियो साथै २ लाखभन्दा बढि उपभोक्ताहरु, १००० भन्दा बढी बिक्रेतातथा ब्रान्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । र यसपालीको ११.११ सेलअझै ठूलो हुने भएको छ । दराजले यसपाली ३ लाखभन्दा बढि सामानहरुमा आकर्षक छूट्हरु लिएर आउनेछ साथै ३.५–४ लाखभन्दा बढि प्रयोगकर्ताहरूको सहभागीता हुने अनुमान रहेको छ । 

यस एक दिने महाअभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन, “पूर्व सालको ११.११ सेलमाहामीले भारी प्रतिक्रिया पायौं र हामीले धेरै कुराहरु पनि सिक्यौं की कसरी यसलाई झनै राम्रो बनाउन सकिन्छ ।

तथापी ३००० भन्दा बढी बिक्रेताहरु, ५ बैंकहरु, र झनै बिकसीत वितरण प्रवीधीका साथ यो ११.११ लाई झनै राम्रो र भव्य बनाउदै छौं । अहिले सम्म भएका अभियानहरुबाट सिकी हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रधान गर्न सक्छौं भन्ने विश्वास राख्दछौं ।

यस सालको ११.११ मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट ¥याली, इन–एप गेमहरु, डेबिट÷क्रेडिटमा छूटहरु, शेकशेक, मेगा भाउचरहरु, मिस्ट्री बक्स्, कलेक्टिबल भाउचरहरु, दराज साथी, अर्ली बर्ड अफरहरु, बण्डल अफरहरु, फ्लेश सेल, र यस लगायतअन्य धेरै अफरहरु पनि छन् ।

छुटाउनै नहुने भनेकाबैंकिङ्गपार्टनरहरुले दिने छूटहरु हुन् । उपभोक्ताहरुले दराजको ५ बैंकिङ्ग पार्टनरहरुको नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैक, सानिमा बैंक, मेगा बैंक र स्टान्र्डड चार्टड बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २० प्रतिसत अथवा मेगा सेलमा रु ३,५०० सम्मको छूट पाउनेछन् । 

कार्यममा बिमल अ¥यालले भने,“दराजले उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रधान गर्न घेरै तयारीहरु गरिनै  रहेको छ, र वितरण समय बढ्न सक्नेछ । प्रेस विज्ञप्तीमा दराजका सीइओ बिमल अ¥याल ले भने, “११.११सेलमा मात्र हुने १ लाख अपेक्षित अर्डरहरु को लागि तयारि गर्न दराज ले ४०० थप दराज हीरोहरु (दिलिभरी राइडर) तथा ५० जनाथप कस्टमर केर एजेंटहरु थपेको छ ।”

३००० बिक्रेताहरुलाई ११.११ सेलको पूरै लाभ पुगोस भनेर दराजले बिक्रेताहरुलाइ निःशूल्क ट्रेनीङ्ग पनि दिदै आएको छ । साथै दराजले नेपाल भरिका दराजहबहरुमा कलेक्शन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ । 

म्यारियट होटेलमा आयोजित प्रेस बिज्ञप्तिमा उपस्थित नबिल बैंकका सीइओ अनिल शाहले भन्नुभयो, “पहिले सुपर मार्केटहरु नयाँ हँुदा मानिसहरुले त्यहाँ पाउने सामानको गुणस्तर र मोल माथि धेरै प्रश्न र शंखागर्थे । तर अहिले मानिसहरु प्रायजसो जे किन्नपनि सुपरमार्केट नै जान्छन र यो परिवर्तन आउन धेरै समय लग्यो ।

तर दराज को सफलतालाई हेर्दा अन्लआईन शपिंग नयाँ भएपनि हाम्रो समाजले अप्नाउदै गएको देखिन्छ । एउटा नराम्रो अनुभवले भए उपभोक्ताहरु कहिले पनि फर्किदैनन ।