बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माछापुुच्छ्रे बैंकको सञ्चालक पदमा सिग्देल नियुुक्त

शुक्रबार, कार्तिक १५ २०७६

काठमाडौ, कात्तिक १५ । माछापुुच्छ्रे बैंकको सञ्चालक पदमा हरिभक्त सिग्देल नियुुक्त भएकाछन । बैंक सञ्चालक समितीको यही कात्र्तिक आठ गते बसेको चार सय आठौं बैंठकले सिग्देललाई सञ्चालकमा नियुुक्त गरेको हो ।

बैंकका अनुुसार सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि सञ्चालक पदमा नियुुुक्त गरिएको हो । 

नवनियुक्त सञ्चालक सिग्देलको सरकारी र नीजि क्षेत्रमा निकै नै लामो सेवा अनुुभव रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल पुर्वदेखि पश्चिमसम्मका हिमाल, पहाड तराई सबै क्षेत्रमा एक सय ४१ वटा शाखा, एक सय ३१ वटा शाखारहित बैंकिङ सेवा, एउटा एक्सटेन्सन काउन्टर समेत गरी दुई सय ७३ स्थानबाट बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

बैंकको सबै क्षेत्रमा गरी एक सय ६५ वटा एटिएम काउन्टरहरु सञ्चालनमा रहेका छन् ।