बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

धादिङ ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको जीप दुर्घटनामा, १९ जना घाइते

बिहिबार, कार्तिक १४ २०७६

मलेखु । धादिङको गजुरी गाउँपालिका–२ मलेखु–भण्डारा सडक खण्डको तुनी खोलामा बोलेरो जीप पल्टिँदा १९ जना यात्रु घाइते भएका छन् ।

बिहीबार बिहान ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको जीप सडकबाट करिब २५ मिटर तल खसेको जनाइएको छ ।

 

जिल्ला प्रहरी कार्यालय धादिङले घाइतेहरुको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको जनाएको छ ।