बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सावित्रीको ‘बैँस’ सार्वजनिक

बिहिबार, कार्तिक ७ २०७६

काठमाडौं । पछिल्लो समय नेपाली लोकगीत संगीतले निक्कै फड्को मारेको छ । सरल र सहज रूपमा सबै उमेर समुहका श्रोता दर्शकले बुझ्ने शब्द सिर्जना उत्तिकै मौलिक लय सिर्जना संगै लगानीमा कुनै पनि कमि नहुने गरि राम्रो बजेटमा अडियो भिडियो निर्माण हुँदै आएकोले पनि लोकगीत न हेर्ने न सुन्ने दर्शक श्रोतालाई पनि पछिल्लो समय लोकलय मय बनाएको छ ।

यतिमात्र कहाँ हो र लोक गीतमा पनि के अभिनय गर्नु के सुन्नु भन्न पछि न पर्ने नेपाली फिल्म क्षेत्रमा सक्रिय चल्तीका नायक नायिका हरुको समेत लोकदोहोरी गीतप्रती अभिनयमा रुचि बढेको पाइन्छ । यसैक्रमा भर्खरै मात्र नेपाली सिनेमा क्षेत्रमा सकृय र सफल नायिका प्रीयका कार्कीले अभिनय गरेको बैँस गीत सार्बजनिक भएको छ ।

नेपाली फिल्ममा प्रयोग गरियका बाहेक सायद यो प्रीयंका अभिनित लोकदोहोरी पहिलो गीत हो । लोकप्रिय सर्जक प्रह्लाद सुबेधी को उत्कृष्ट सिर्जना मा लोकप्रिय सर्जक तथा गायक बसन्त थापाले लय भरेका छ्न भने बसन्त थापा र सावित्री पृथीको आवाज रहेको छ

सुनिल क्षेत्रीको निर्देशन मा तयार भएको बैँस गीतको म्युजिक भिडियो मा सुनिल क्षेत्री,प्रीयंका कार्की,श्रीकृष्ण बम मल्ल,संगै केही दृश्यमा सावित्री र बसन्तलाई समेत देख्न पाइन्छ ।