बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस सहमहामन्त्रीको मतगणना : रामहरि खतिवडाको अग्रता कायमै

मंगलबार, असोज २७ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणना जारी छ। खुला सहमहामन्त्रीका दुई पदका लागि भइरहेको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम राखेका छन्। उनलाई अजयबाबु शिवाकोटीले पछ्याइरहेका छन्।

हालसम्म ५ हजार ८९ मत गणना हुँदा खतिवडाले २ हजार १७८ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका शिवाकोटीले १ हजार ५५६ मत पाएका छन्।

त्यस्तै, डिल्लीराम सुवेदीले १ हजार ३३०, देवेन्द्रराज कँडेलले १ हजार १२, राजीव ढुंगानाले ९०१ र विकास कोइरालाले ८१५ मत प्राप्त गरेका छन्।

यसैगरी, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत पाएका छन्।

खुला सहमहामन्त्रीका दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।