काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा सभापति पदमा विजयी भएका छन्। थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार ३९ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
थापालाई निर्विरोध सभापति बनाउने प्रयास गरिए पनि खड्गीले उम्मेदवारी कायम राखेपछि निर्वाचन भएको थियो। सभापति पदमा उम्मेदवारी दिएका किशोरसिंह राठोरले भने थापालाई निर्विरोध निर्वाचित गराउने प्रयासस्वरूप आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
सभापति पदको मतगणना सकिएसँगै कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रियाले गति लिएको छ। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदको मतगणना भने सुरु भएको छैन।
