काठमाडौं । नेपाली कांग्रेसका नेता गणेश लामाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
लामाले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, आदर्श र ऐतिहासिक विरासतलाई आत्मसात् गर्दै पार्टीलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउन आफ्नो सक्रियता र योगदानलाई निरन्तरता दिने उद्देश्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेको बताएका हुन्।
उनले यसअघि पनि केन्द्रीय सदस्यका रूपमा पार्टी र संगठनप्रति निर्वाह गरेको जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा अघि बढाउँदै पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान तथा जनताको विश्वासलाई अझ बलियो बनाउने अभियानमा जिम्मेवारीका साथ अघि बढ्ने बताएका छन्।
लामाले आफ्नो उम्मेदवारीमा पार्टी र संगठनप्रतिको निरन्तर योगदानलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग, अमूल्य मत र विश्वासको अपेक्षा गरेका छन्।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, आदर्श र ऐतिहासिक विरासतलाई आत्मसात् गर्दै पार्टीलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउन मेरो निरन्तर सक्रियता र योगदानलाई निरन्तरता दिने उद्देश्यले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पुनः केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेको छु।’
लामाले आफूले यसअघि केन्द्रीय सदस्यका रूपमा पार्टी र संगठनप्रति निर्वाह गरेको जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा अघि बढाउँदै संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान र जनताको विश्वासलाई थप बलियो बनाउने अभियानमा जिम्मेवारीका साथ उभिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनले महाधिवेशनको यो यात्रामा पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको साथ, सहयोग र विश्वासको अपेक्षा गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरेका छन्।
‘यस यात्रामा यहाँहरूको अमूल्य मत, साथ, सहयोग र विश्वासको अपेक्षा गर्दछु,’ लामाले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भइरहेका बेला लामाको केन्द्रीय सदस्य पदमा पुनः उम्मेदवारीलाई पनि कांग्रेसभित्रको संगठनात्मक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।