मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एनसेल ग्राहकलाई आईफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

बिहिबार, असोज १५ २०८३

काठमाडौँ । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र आईफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ ।

यो योजना एनसेलका विद्यमान ग्राहक तथा नयाँ एनसेल सिम लिने ग्राहकका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत नयाँ आईफोन मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस तथा प्रिमियम सामग्री हेर्न सकिने लायन्सगेटको ओटीटी सब्सक्रिप्सन पाउनेछन् ।

कम्पनीका अनुसार आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स खरिद गर्ने पहिलो २०० ग्राहकले यी सुविधा तीन महिनासम्म निःशुल्क प्राप्त गर्नेछन् । त्यस्तै, आईफोन डुओ खरिद गर्ने पहिलो १०० ग्राहकले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिना प्रयोग गर्न पाउनेछन् ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा आईफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकका लागि विशेष योजना ल्याउन पाउँदा खुसी लागेको बताए ।

उनले एनसेलको प्रतिबद्धताअनुसार योजनाले देशभरका ग्राहकलाई भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउन सहयोग पुग्ने बताए ।

दत्ताले प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवालाई जोडेर सञ्चार तथा मनोरञ्जनलाई अझ सरल र प्रभावकारी बनाउने उद्देश्य रहेको पनि बताए ।