बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मोटरसाईकल चोरी गर्ने मानिस पक्राउ

बिहिबार, असोज ३० २०७६

पर्सा, असोज ३० । मोटर साईकल चोरी गर्ने मानिस पक्राउ परेकाछन । जिल्ला प्रहरी कार्यालयका अनुसार यही असोज २९ गते पर्साको बीरगञ्ज महानगरपालिका वडा नम्वर १६ स्थित एनएमसी परिसरमा पार्किङ गरी राखेको ना २० प ११४ नं.को मो.सा. चोरी गरि लैजान लागेको अवस्थामो प्रहरी टोलीले फेला पारी चोरी कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार मोटरसाईल चोरीमा संलग्न भारत विहार राज्य जि.मोतिहारी आदापुर थाना ईनर्वा वेल्दर्वा बस्ने किशोर साह तुरहालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा र जि. बारा कलैया उ.म.न.पा. वडा नं. २० वसतपुर स्थित विश्वकर्मा मो.सा. वर्कसपको सञ्चालक वर्ष ३७ को सिकेन्द्र साहले समेत लुकाई छिपाई राखेको ना.५२प. ६६५२ नं.को सुपर स्पलेण्डर मो.सा. समेत बरामद गरि निजहरुलाई नियन्त्रणमा लिई बरामद भएको मो.सा.हरु समेत यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।