बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आईसीएफसी फाईनान्सको २३ औं बार्षिक साधारण सभा सम्पन्न

बुधबार, असोज १४ २०८३

आइ.सि.एफ.सि.फाइनान्स लिमिटेडले आफ्नो २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । फाईनान्सले मंगलबार बार्षिक साधारण सभा सम्पन्न गरेको हो।

साधारण सभाबाट आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट चुक्ता पूजीको १० दशमलव ५२ नगद लाभांश (नगद लाभांशको कर प्रयोजनको लागि समेत) दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८३/०८४ को लागि बाह्य लेखापरीक्षकमा “एस.ए.आर.एसोसिएट्स” चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ । उक्त वार्षिक साधारण सभाबाट पारित नगद लाभांश मंगलबार नैं शेयरधनीहरूको सम्बन्धित खातामा जम्मा गरिने फाईनान्सले जानकारी दिएको छ।

हाल चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख रहेको फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत एक लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आ.व.को भदौं मसान्तसम्म २२ अर्ब ६७ करोड निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड कर्जा प्रवाह गरिसकेको छ।