बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

इन्भेष्टमेन्ट बैंकका सीईओको उठबस नक्कली भारु कारोबारीसँग

सोमबार, असोज २७ २०७६

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको उठबस नक्कली भारतीय रुपैयाँका कारोबारीसँग बढ्न थालेपछि बैंकिङ क्षेत्रमा सनसनी मच्चिएको छ ।

विश्वस्त स्रोतका अनुसार करिब पाँच वर्षअघि एक करोड भारतीय नक्कली नोटको कारोबारमा समातिएका सुनीलजंग रायमाझीसँग पाण्डेले रहस्यमय भित्री साँठगाँठ बढाएका छन् ।

तत्कालीन डीआईजी वीरेन्द्रबाबु श्रेष्ठ अख्तियारमा कार्यरत रहँदा उनकै आशीर्वादबाट मुद्दा फितलो पारेर रायमाझी धरौटीमा रिहा भएका थिए । रायमाझीका अर्का पार्टनर गोर्खाका वेदप्रसाद काप्री हुन् ।

पत्रकारलाई धम्की दिने, दुई नम्बरी जति सबै काम गर्न पछि नपर्ने काप्री सीईओ पाण्डेको गैरकानुनी धन्दा चलाइदिने दाहिने हात हुन्, स्रोत दाबी गर्छ । काप्री र रायमाझीबीच धेरै समानता पनि छ । यी दुवै व्यक्तिको साझा गुण भनेको गैरकानुनी धन्दा हो ।

स्रोतको दाबीअनुसार रायमाझी त विभिन्न कामको बहानामा हतियारसमेतको कारोबार गर्दै आएका छन् । बुटवलमा बन्दै गरेको विमानस्थलमा गिट्टी–ढुंगा सप्लायर्स पनि हुन् ।

उनले बुटवलकै मनोज सुवेदी, दीपक बोहोरा, अविश शर्मालगायतसँग मिलेर मिनी क्यासिनो सञ्चालन गरेका छन् । सो मिनी क्यासिनोमा सीईओ ज्योतिप्रकाश पाण्डेको पनि अदृश्य लगानी रहेको दाबी गरिएको छ । 

नक्कली आईसी काण्डमा परेका बेला गोर्खाकै व्यक्ति भएको नाताले तत्कालीन डीआईजी वीरेन्दबाबु श्रेष्ठले वेदप्रसाद काप्रीलाई लामो कारावासबाट जोगाएका थिए ।

नेपालकै ठूलोमध्येको एक इन्भेष्टमेन्ट बैंकका सीईओको कहिले अवैध धन्दामा फस्ने, कहिले अरूको सम्पत्ति हडप्नेलगायत विवादमा फस्दै आएका छन् ।

पाण्डेबाहेक अरूले सीईओ चलाउन निमल्ने हुँदा सो बैंकमा विभिन्न धन्दा चलिआएको स्रोतको दाबी रहेको छ । वेदप्रसाद काप्रीलाई व्यापारिक पार्टन बनाएर मालदार प्रोपर्टी हत्याउने कार्यमा निकै लामो समयदेखि लागेका पाण्डेले अकूत सम्पत्ति कमाइसकेका छन् ।

पाण्डेले यसअघि रोयल क्यासिनो हत्याउन काप्री र रायमाझीलाई प्रयोग गरेका थिए । तर अहिले काप्रीको उपादेयता समाप्त भएका कारण बिस्तारै आफ्नो व्यवसायबाट उनलाई पाखा लगाउँदै गएका छन् । 

यस सन्दर्भमा अर्को महत्वपूर्ण विषय पनि यो छ कि सीईओ पाण्डेले सुनीलजंग रायमाझीलाई उनकै बीएमडब्लू गाडी धितो राखेर ऋण प्रवाह गरेका थिए । तोकिएको समयमा रायमाझीले ऋण चुक्ता गर्न नसकेपछि बैंकको सञ्चालक समितिमा यो विषय उठ्यो ।

समितिले पाण्डेलाई ‘व्यक्तिगत सम्बन्ध थाहा छैन, ऋण जसरी भए पनि उठाउनू’ भन्ने निर्देशन दियो । त्यसपछि पाण्डेले आफ्नै गैरकानुनी धन्दाका साझेदार रायमाझीको बीएमडब्लूसमेत तानेर ऋण असुल गरे ।  

काप्रीले अहिले अर्काे बैंकसँग मिलेर आफ्नो धन्दा चलाएका छन् भने पाण्डे र रायमाझीलाई साथ लिएर धन्दा चलाइरहेका छन् । बैंकका सीईओ भएर विभिन्न अनैतिक कामलाई समेत नैतिक कामको जलप लगाइदिने गरेका छन् ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डलाई समेत आफ्नो बसमा पारेर ज्योतिप्रकाशले राष्ट्र बैंकका कतिपय निर्देशन पालना नगर्ने, आर्थिक लाभ जे जसरी प्राप्त हुन्छ, सोहीबमोजिम गर्दैै आएका छन् । 

समाचार स्रोतका अनुसार पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंक विभिन्न कारणले धराशायी बन्दै गएको छ । कमिसन पाउने निश्चित हुँदा कमसल धितोमा पनि ऋण दिने, गर्न नमिल्ने काम पनि गर्ने जस्ता कारणले कुनै पनि बेला जनताको निक्षेप नै जोखिममा पर्ने होइन ?

भन्ने शंका पनि उब्जेको छ । पाण्डेले बैंकको जगेडा कोषको रकमसमेत काप्री, रायमाझी र बोहोरामार्फत विभिन्न धन्दामा प्रयोग गर्दै आएको स्रोत दाबी गर्छ ।
यो समाचार आजको अमृत बजार साप्ताहिकमा छापिएको छ ।