मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आजका लागि यस्ताे छ विदेशी मुद्राको विनिमयदर

बिहिबार, असोज ८ २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५२ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७० पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२० रुपैयाँ १२ पैसा रहेको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ८९ पैसा तोकिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा तोकिएको छ।

त्यस्तै, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २१ पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५ रुपैयाँ ५५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३४ पैसा र बिक्रीदर २३ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २० पैसा र बिक्रीदर ४९९ रुपैयाँ १५ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १२ पैसा रहेको छ।

ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ६७ पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैङ्कले जनाएको छ।

राष्ट्र बैङ्कले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैङ्कले जनाएको छ।