बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा अमेरिकी सहयोगबारे खनाल–हुकरबीच छलफल

बुधबार, असोज ७ २०८३

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ।

न्युयोर्कमा भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षति तथा त्यसपछि भइरहेको राहत, उद्धार र पुनर्निर्माणका कार्यबारे छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ।

भेटका क्रममा मन्त्री खनालले बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा अमेरिकाबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो। सो अवसरमा उपविदेशमन्त्री हुकरसँग पुनर्निर्माणका प्रयासमा अमेरिकी सहयोगलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो।

भेटवार्तामा परराष्ट्रसचिव अमृतबहादुर राई, स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत नेपाली अधिकारीहरूको सहभागिता थियो।