काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ।
सोमबार बिहान ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो। आसन्न केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेन्डा तय गर्ने उद्देश्यले सचिवालय बैठक बोलाइएको एमालेले जनाएको छ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको संगठन सुदृढीकरण तथा आगामी दिनमा पार्टीले लिनुपर्ने रणनीतिलगायत विषयमा छलफल भइरहेको छ।
सचिवालय बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन तथा समसामयिक विषयलाई अन्तिम रूप दिने तयारी गरेको छ। केन्द्रीय कमिटी बैठकलाई प्रभावकारी बनाउन सचिवालयले तयार पार्ने कार्यसूचीलाई आधार बनाइने जनाइएको छ।