चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १५ किलो नजिकै माथिबाट लेदो खसेपछि सवारी आवागमन प्रभावित भएको छ।
शुक्रबार बिहान सडकमा लेदो खसेपछि केही समय दुवैतर्फका सवारीसाधन रोकिएका सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। अहिले लेदो पन्छाउने काम भइरहेको छ।
सडक डिभिजनका अनुसार करिब डेढ घण्टाभित्र सडक दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
गन्तव्यतर्फ हिँडेका सवारीसाधन सडकमा रोकिएकाले प्रहरीले चालक तथा यात्रुलाई सावधानी अपनाउन र धैर्य गर्न आग्रह गरेको छ।
वर्षाका कारण पहाडी सडकमा पहिरो तथा लेदो खस्ने जोखिम रहेकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।