बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

इटहरीमा डिभाइडरमा ठोक्कियो मोटरसाइकल, २९ वर्षीय चालकको मृत्यु

शुक्रबार, असोज २ २०८३

सुनसरी  । इटहरीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ मा सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २६ वर्षीय सन्दीप राई घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किएको थियो।

गम्भीर घाइते भएका अनिलको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।