बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विभिन्न धनमाल चोरी

बुधबार, असोज १५ २०७६

काठमाडौं, असोज १५ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ३२ शिवनगर डेरा गरी बस्ने सप्तरी कन्चनरूप नगरपालिका(११ घर भएकी ५५ वर्षीया पुष्पा चौधरीको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब १ लाख ७४ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । 

यसैगरी काठमाडौं, टोखा नगरपालिका ३ साईबाबा चोक बस्ने झापा घर भएका २४ वर्षीय रुपक लिम्बुको न्यू ज्वाईन्ट ईलेक्ट्रोनिक पसलबाट विभिन्न कम्पनीको टिभि ४ थान, ल्यापटप १ थान र मोबाइल १० थान समेत गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

ललितपुरको ललितपुर महानगरपालिका २६ सुनाकोठी बस्ने बिमल तिमिल्सिनाको घरबाट सुनका विभिन्न गरगहना र ल्यापटप १ थान समेत गरी करिब ५ लाख २६ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।  चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।