शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मलेसियाविरुद्ध नेपाललाई सुरुमै सफलता, चार ओभरमै दुई विकेट

बिहिबार, भाद्र १८ २०८३

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक मलेसियाविरुद्ध नेपालले उत्कृष्ट सुरुआत गरेको छ।

बाङ्गीस्थित वाइएसडी–युकेएम क्रिकेट ओभलमा टस जितेर मलेसियाले पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ। मलेसियाले चार ओभरमा दुई विकेट गुमाएर १४ रन बनाएको छ।

नेपालका करण केसीले सैफुल्लाह मलिकलाई आउट गर्दै मलेसियालाई दोस्रो झट्का दिएका छन्। यसअघि पनि नेपालले सुरुआतमै एक विकेट लिएको थियो।

प्रतियोगितामा नेपाल र मलेसिया दुवै लगातार दोस्रो जितको खोजीमा छन्। नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो। उक्त खेलमा कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि नेपालले बहराइनलाई ८७ रनमा अलआउट गरेको थियो र २१ ओभरमै लक्ष्य पूरा गरेको थियो।

नेपाल यसपटक प्रिमियर कपको उपाधि जित्दै २०२७ को एसिया कपमा स्थान बनाउने लक्ष्यमा छ। समूह ‘ए’ मा नेपालसँगै मलेसिया, बहराइन, हङकङ र साउदी अरेबिया रहेका छन्।