काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर रु १५२ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर रु १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर रु १७७ रुपैयाँ १२ पैसा तथा युके पाउन्ड स्टर्लिङ एकको खरिददर रु २०६ रुपैयाँ १३ पैसा र बिक्रीदर रु २०६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर रु १८८ रुपैयाँ १९ पैसा र बिक्रीदर रु १८८ रुपैयाँ ९३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर रु १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर रु १०९ रुपैयाँ ४९ पैसा तथा क्यानेडियन डलर एकको खरिददर रु १०९ रुपैयाँ ५४ पैसा र बिक्रीदर रु १०९ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।
सिङ्गापुर डलर एकको खरिददर रु ११९ रुपैयाँ ४६ पैसा र बिक्रीदर रु ११९ रुपैयाँ ९३ पैसा तथा जापानी येन १० को खरिददर रु नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर रु नौ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर रु २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर रु २२ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर रु ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर रु ४० रुपैयाँ ७३ पैसा तथा कतारी रियाल एकको खरिददर रु ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर रु ४१ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
त्यस्तै, थाई भाट एकको खरिददर रु चार रुपैयाँ ५९ पैसा र बिक्रीदर रु चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर रु ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर रु ४१ रुपैयाँ ६३ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर रु ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर रु ३७ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।
साउथ कोरियन वन १०० को खरिददर रु ११ रुपैयाँ ०६ पैसा र बिक्रीदर रु ११ रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर रु १५ रुपैयाँ ८५ पैसा र बिक्रीदर रु १५ रुपैयाँ ९२ पैसा तथा डेनिस क्रोनर एकको खरिददर रु २३ रुपैयाँ ६१ पैसा र बिक्रीदर रु २३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
हङकङ डलर एकको खरिददर रु १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर रु १९ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर रु ४९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर रु ४९८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर रु ४०४ रुपैयाँ ०१ पैसा र बिक्रीदर रु ४०५ रुपैयाँ ६० पैसा तथा ओमनी रियाल एकको खरिददर रु ३९५ रुपैयाँ ६३ पैसा र बिक्रीदर रु ३९७ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर रु १६० र बिक्रीदर रु १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने भएकाले अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटबाट हेर्न सकिने जनाइएको छ ।