काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङको खरिददर २०७ रुपैयाँ ६० पैसा र बिक्रीदर २०८ रुपैयाँ ४१ पैसा तथा स्विस फ्र्याङ्कको खरिददर १८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९० रुपैयाँ २७ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४५ पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा तोकिएको छ। चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि राष्ट्र बैङ्कले निर्धारण गरेको छ।
त्यस्तै, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमयदर पनि सार्वजनिक गरिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।