मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आइतबार, भाद्र ७ २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२.८२ र बिक्रीदर रु १५३.४२ कायम गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर रु १७८.८३ र बिक्रीदर रु १८९.५३ निर्धारण गरिएको छ। युके पाउन्ड स्ट्रलिङको खरिददर रु २०८.७३ र बिक्रीदर रु २०९.५५ तथा स्वीस फ्र्याङ्कको खरिददर रु १९१.२३ र बिक्रीदर रु १९१.९८ कायम भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर रु १०९.४६ र बिक्रीदर रु १०९.८९, क्यानेडियन डलरको खरिददर रु १११.१७ र बिक्रीदर रु १११.६१ तथा सिङ्गापुर डलरको खरिददर रु १२०.४५ र बिक्रीदर रु १२०.९२ तोकिएको छ।

जापानी येन १० को खरिददर रु ९.६४ र बिक्रीदर रु ९.६७ कायम भएको छ। चिनियाँ युआन एकको खरिददर रु २२.७४ र बिक्रीदर रु २२.८३, साउदी अरेबियन रियालको खरिददर रु ४०.७० र बिक्रीदर रु ४०.८६ तथा कतारी रियालको खरिददर रु ४१.९३ र बिक्रीदर रु ४२.०९ निर्धारण गरिएको छ।

त्यसैगरी, थाइ भाट एकको खरिददर रु ४.६८ र बिक्रीदर रु ४.६९, युएई दिरामको खरिददर रु ४१.६१ र बिक्रीदर रु ४१.७७ तथा मलेसियन रिङ्गेटको खरिददर रु ३७.८४ र बिक्रीदर रु ३७.९९ कायम भएको राष्ट्र बैंकले जनाएको छ।

साउथ कोरियन वन १०० को खरिददर रु ११.०४ र बिक्रीदर रु ११.०८, स्वीडिस क्रोनर एकको खरिददर रु १६.१५ र बिक्रीदर रु १६.२१ तथा डेनिस क्रोनरको खरिददर रु २३.९२ र बिक्रीदर रु २४.०१ तोकिएको छ।

हङकङ डलर एकको खरिददर रु १९.४९ र बिक्रीदर रु १९.५७, कुवेती दिनारको खरिददर रु ४९८.१९ र बिक्रीदर रु ५००.१५ कायम भएको छ। बहराइन दिनार एकको खरिददर रु ४०५.३४ र बिक्रीदर रु ४०६.९३ तथा ओमनी रियालको खरिददर रु ३९६.९५ र बिक्रीदर रु ३९८.५१ निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर रु १६० र बिक्रीदर रु १६०.१५ तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने पनि जनाइएको छ।