बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अवैध लागूऔषध सहित पक्राउ

बिहिबार, असोज ९ २०७६

मकवानपुर, असोज ९ । हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट अवैध लागूऔषध चरेश ५ केजी सहित पर्सा पटेर्वा सुगौली गाउँपालिका १ बस्ने २४ वर्षीया गिता राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेकी उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परे पछि उनलाई नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।