बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ । सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज असली चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५१२ अमेरिकी डलर तथा चाँदी प्रतिऔंस ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।