काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ३ लाख १ हजार ५०० कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ७०० मा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु ४ हजार ६७० पुगेको छ । आइतबार चाँदी प्रतितोला रु ४ हजार ६४५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३२२ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।