बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जंगल सफारी लजको आन्तरिक पर्यटक लक्षित योजना सार्वजनिक

बिहिबार, असोज २ २०७६

काठमाडौ, असोज २ । चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरी “दसैं तिहार २ रात अफर” योजना ल्याएको छ ।

असोज १ देखि कार्तिक मसान्त सम्म लागु हुने यस योजना अन्तर्गत पर्यटकले प्रति व्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र ९ हजार ९ सय ९९ रुपैयाँमा सौराहा घुम्न पाउनेछन् । 

यस प्याकेजमा सहभागी हुनेले लन्च, डीनर र ब्रेकफास्ट सहित सम्पुर्ण सफारी गर्न पाउने छन्, जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए ।

उनका अनुसार पर्यटकहरुले यो प्याकेजमा खाना अलवा जीप सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन् ।

हामीले यस पटक जीप सफारीलाई प्राथमिकता दिएका छौं, तर अतिरिक्त शुल्क तिरेर हात्ती सफारी पनि गर्न सकिने घिमिरेले भने “हामीले विदाको समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएका हौ ।”

सहुलियत मुल्यमा स्विमिंग पुल, पूर्ण वातारणअनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको अन्य गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाई छ ।

सौराहालाई लोकप्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि पनि विभिन्न प्याकेज योजना ल्याएको उनले जानकारी दिए । 

“हामीले विगत  एक दशक देखि दसैं तिहारको समयमा यस्तै योजना ल्याएका थियौं, सफल भयौं त्यसैले यो वर्ष पनि निरन्तरता दिंदै छौं,”। जंगल सफारी लजले विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा समेत यो अवधि भर छुट दिने बताएको छ ।